नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रधानमन्त्री ओली आज अजरबैजान जानुहुँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा असंलग्न आन्दोलन १८ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लाग्नुभएको हो । कात्तिक ८ र ९ मा हुने राष्ट्रप्रमुखको बैठकमा उहाँले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली अजरबैजानमा रहनुहुँदा त्यहाँका राष्ट्रपति इलहाम अलिएभले कात्तिक ८ गते आयोजना गर्नुहुने स्वागत तथा रात्रिभोजमा सहभागी हुनुहुनेछ । उहाँले कात्तिक ९ गते सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।
साथै प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिमण्डलका प्रमुखसँग दुइपक्षीय हितका विषयमा छलफल गर्नुहुनेछ । उहाँ कात्तिक १० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।