What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
विमानस्थलमा रडाँकाे मच्याउने सांसद साह साधारण तारेखमा रिहा
What To Know
- काठमाडौं । जनकपुर विमानस्थलमा तोडफोड घटनामा पक्राउ पर्नुभएका प्रतिनिधिसभा सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनुभएको छ ।.
- सरकारी वकिल कार्यालयले साहविरुद्ध सैनिक हवाई उडान ऐन २०१५ को दफा ९ (क) को आधारमा अपराध गरेको भन्दै साहमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको मांगदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।.
काठमाडौं । जनकपुर विमानस्थलमा तोडफोड घटनामा पक्राउ पर्नुभएका प्रतिनिधिसभा सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनुभएको छ ।
थुनछेक बहसपछि जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले साहलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले सांसद साहलाई मुक्त गरेको जानकारी दिनुभयो ।
सोमबार जनकपुरबाट काठमाडौंको बुद्ध एयरको उडान ढिलो भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद साहले काउन्टरमा ताेडफाेड गर्नुभएकाे थियाे । साहविरुद्ध उजुरी परेपछि मंगलबार ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर जनकपुर लगिएको थियो ।
सरकारी वकिल कार्यालयले साहविरुद्ध सैनिक हवाई उडान ऐन २०१५ को दफा ९ (क) को आधारमा अपराध गरेको भन्दै साहमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको मांगदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।






