मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको छैन : प्रचण्ड

धनगढी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रि हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको बताउनु भएकाे छ ।

शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग स‍ंक्षिप्त प्रतिक्रिया दिँदै उहाँले मन्त्री हेरफेर प्रधानमन्त्रीको अधिकार भएकाले मन्त्री हेरफेर हुने चर्चा हल्लामात्र भएको दाबी गर्नुभयाे । बाहिर हल्ला गरिएजस्ताे याेयाे मन्त्री हटाउने भनेर कुनै तय नभएकाे उहाँले बताउनुभयाे ।

सुदूरपश्चिममा नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन धनगढी  पुग्नुभएका अध्यक्ष दाहालले मन्त्रीपरिषद् सदस्यहरु हेरफेरबारे आफूलाई नसाेध्न समेत आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ ।’

चिनियाँ राष्ट्रपतिको हालै भएको भ्रमणमा सुदूरपश्चिमका कुनै विकास योजना नसमेटिएको भए पनि आगामी दिनमा योजना अघि बढाइने आश्वासन दिनुभयाे । भारत र चीन दुबै देशसँगको सम्बन्ध सुदृढ हुँदै गएकोले यसलाई अवसरका रुपमा लिएर अघि बढ्नु पर्ने उहाँको भनाइ थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *