हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनुभएकाे छ । काठमाडाैँमा भएकाे एनआरएनएकाे नवौँ विश्व सम्मेलनबाट नयाँ कार्यकालका लागि पन्त निर्वाचित हुनुभएकाे हाे । उहाँले १२१७ मत प्राप्त गर्नुभएकाे छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १४७ मतान्तरले पराजित गर्दै पन्त विजयी हुनुभएकाे हाे ।
आचार्यले जम्म १०७० मत प्राप्त गर्नुभएकाे छ । पन्तलाई सत्तारुढ नेकपाको साथ थियो भने आचार्यलाई कांग्रेसले समर्थन गरेको थियो । निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको छ ।
उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी हुनुभएको छ । उपाध्यक्षमा विजयी भएका केसी र थापा कूल आचार्य प्यानलका हुन् ।
महासचिवमा डा. हेमराज शर्माले विजयी हुनुभएकाे छ । त्यस्तै, सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी हुनुभएकाे छ । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन हुनुभएकाे छ।
निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी थिए ।