काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिने पारस खड्काकाे घाेषणा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिने घाेषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट एसोसियसनमाथि लगाएकाे प्रतिबन्ध फुकुवा गरेसँगै पारसले कप्तान पदबाट राजीनामाकाे घाेषणा गरेका हुन् ।
उनले आफूलाई साथ दिने सम्पूर्ण खेलाडी, कोच, अम्पायर, ग्राउण्डस्म्यान तथा शुभचिन्तक र परिवारलाई धन्यवाद दिँदै नयाँ सुरुआतका लागि राजीनामा दिने निर्णय गरेकाे उल्लेख गरेका छन्।
Great to know that the suspension of Nepal cricket has been lifted and would like to wish the new committee to work for the betterment of Nepal cricket,players and its stake holders.
I have hereby decided to resign from my post as the captain of Nepal cricket team.
Jai Nepal !! pic.twitter.com/YuRBZkR7bU— Paras Khadka (@paras77) October 15, 2019
२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।