नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

राष्ट्रपति भण्डारी म्यानमार जानुहुने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा यही असोज २९ गते म्यानमार भ्रमणमा जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लाग्नुभएको हो । म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लाग्नुभएको मन्त्रालयले जनाएको छ । म्यानमारमा रहँदा उहाँले त्यहाँका राष्ट्रपतिसँग द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारीलाई म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीले स्वागत गर्नुहुनेछ । राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ ।