आज फूलपाती

काठमाडौँ। असोज शुक्ल सप्तमीका दिन शनिबार हनुमानढोका दरबारस्थित दशैँघरमा सरकारी तबरबाट फूलपाती भिœयाइँदैछ । केराको पात, अदुवा, दारिम, बयर, फूललाई धादिङको छत्रेदेउरालीबाट दशैँघरमा ल्याउने चलन छ । नेपाली सेनाको शार्दुलजङ्ग गुल्मबाट खटिएका सेना फूलपाती लिन छत्रे देउराली गएका छन् ।

विगतमा समरजङ्ग कम्पनीबाट फूलपाती लिन जाने गरिएकोमा कम्पनीको कार्य गुल्मको जिम्मेवारीमा सारिएपछि सेनाले फूलपाती ल्याउन थालेको हो । शनिबार जमलमा फूलपाती ल्याएपछि सरकारी उत्सवका साथ दशैँघर भिœयाउने तयारी भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *