असोज २९ मा नेकपाको चियापान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, दीपावली, छठ, नेपाल संवत्, इद, ल्होसारको उपलक्ष्यमा असोज २९ गते शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

भृकुटीमण्डपमा आयोजना गरिने सो चियापान कार्यक्रममा एक लाखभन्दा बढीलाई निमन्त्रणा गर्ने तयारी भइरहेको नेकपाका कार्यालय सचिव श्रीराम ढकालले बताउनुभएको छ । चियापान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीति नियोगमा प्रतिनिधि, सवैधानिक अङ्गका प्रमुख, विभिन्न तहका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागिता रहने बताइएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलको अध्यक्षतामा आइतबार शुभकामना आदानप्रदान र चियापान कार्यक्रम तयारी समितिको बैठक बसेको थियो । दशैँ–तिहारमा चियापानको परम्परा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाले साढे चार दशकअघि सुरु गर्नुभएको थिाये । त्यसको निरन्तरता काँग्रेसले हालसम्म दिँदै आएजस्तै कम्युनिस्ट पार्टीले पनि चियापानलाई महŒव दिन थालेको छ । कम्युनिस्ट पार्टीमा मनमोहन अधिकारीले २०५४ सालबाट सुरु गर्नुभएको चियापानलाई नेकपाले निरन्तरता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *