काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
खाना पकाउने ग्यासको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयाे । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।
संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको बताइएकाे छ।