नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कसैलाई रहर लाग्दैमा संविधान संशोधन हुँदैन : उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संविधान कसैको रहर वा लहडमा संशोधन नहुने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशील दस्ताबेज भएकाले यसको संशोधन हुने भएतापनि त्यसलाई कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने अडान राख्नु भयो ।
संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडांैमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले आवश्यक्ता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पनि स्पष्ट पार्नु भयो । उपप्रधानमन्त्री पोखरेलले संविधान भित्रै संशोधनको प्रावधान राखिएको उल्लेख गर्दै केहीकेही मानिसहरुले त्यसविरुद्ध वकालत गर्ने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।
उपप्रधानमन्त्री पोखरेलले संविधान हतारोमा जारी गरिएको भन्ने तर्क सैह्य नहुने चेतावनी पनि दिनु भयो । सबै राजनीतिक दलहरुको कार्यसूचि अनुसार जारी भएको संविधानलाई हतारोमा जारी गरिएको भन्नु आफैंमा खण्डनीय तर्क हुने उहाँको दावी छ ।
उपप्रधानमन्त्री पोखरेलले विधि, प्रक्रियासम्मत ढंगले जारी गरिएको संविधान विभिन्न कोणबाट हतारोमा जारी गरिएको भन्ने भनाई आएको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।