हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
डेङ्गीको प्रतिरोधी खोप छैन, सन्त्रास होइन सचेत हुनुस्
काठमाडौँ । डेङ्गी नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन् । हरेक मानिसको घरमा डेङ्गीको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञहरूले सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले डेङ्गीबारे सन्त्रास होइन, सचेत हुनुपर्ने र त्यसको सुरुआत घरघरबाटै हुनुपर्ने सुझाव दिनुभयो । उहाँले डेङ्गीबारे जति चर्चा हुनुपर्ने हो, त्योभन्दा बढी भएको बताउनुभयो ।
अस्पतालमा दैनिक ज्वरो आएर आउने बिरामीमध्ये ३० देखि ४० प्रतिशतमा डेङ्गी पोजेटिभ देखिएको जानकारी दिँदै उहाँले तर यो डेङ्गी प्राथमिक चरणको भएकोले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । द्वितीय चरणमा भएको डेङ्गी भएमा आत्तिनुपर्ने भन्दै उहाँले अर्को दुई वर्षमा भने द्वितीय चरणको डेङ्गी हुने हुँदा अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभयो । “जटिल मानिने दोस्रो चरणको डेङ्गी अहिलेदेखि नै रोक्नुपर्छ”, उहाँले भन्नुभयो ।
यसैबीच डेङ्गी नियन्त्रणबारे आइतबार आयाेजित एक संवाद’ कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट तथा अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले काठमाडौँ उपत्यकाका हरेक घरमा डेङ्गु उत्पादन गर्ने स्रोत प्रशस्त मात्रामा हुने गरेको बताउनुभयो । उहाँले त्यसलाई घरबाटै नष्ट गर्न सुझाव दिनुभयो ।
डा. बास्तोलाले पछिल्लो समय डेङ्गुसम्बन्धी जनचेतना आए पनि त्यसलाई व्यवहारमा उतार्न नसकिएको बताउनुभयो । पाँच जनामा तीन जनामा डेङ्गु देखिने गरेकाले अब डेङ्गुको सङ्ख्या बढाउन मात्र परीक्षण गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । यही अवस्था रहे अबको पुस्ता डेङ्गुसँग लड्दै हुर्कने अवस्था आउने उहाँको भनाइ छ ।
लामखुट्टेले टोकिसकेपछि चारदेखि १२ दिनभित्र लक्षण देखा पर्ने भन्दै उहाँले सबै मानिसलाई डेङ्गुको लक्षण नदेखिने बताउनुभयो । डा. बास्तोलाले १० हजार जनालाई लामखुट्टेले टोक्यो भने एक हजार जनामा मात्र लक्षण देखिने बताउनुभयो । पछिल्लो एक हप्तामा मात्र टेकु अस्पतालमा तीन हजार व्यक्ति डेङ्गु सङ्क्रमित भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले अहिले डेङ्गुको प्रकोप नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा फैलिरहेको बताउनुभयो । फिलिपिन्स ५० वर्ष अघिदेखि डेङ्गुविरुद्ध लडिरहेको बताउँदै उहाँले हजाराँैमा डेङ्गु सङ्क्रमित भएर एक हजारभन्दा बढी मानिसको मृत्यु यही वर्षमात्र भइसकेको जानकारी दिनुभयो ।
पहिले केन्द्रीकृत रूपमा स्वास्थ्य सेवा प्रवाह हुने गरेकाले रोग नियन्त्रणमा समेत एकरूपता आउने गरेको भन्दै पछिल्लो समय केन्द्रीय, प्रदेश र स्थानीय निकायले गर्दा समस्या आएको बताउनुभयो । रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय निकायसँग समन्वय गरिराखेको भन्दै उहाँले यो गर भन्दै निर्देशन गर्ने अधिकार नभएको बताउनुभयो । डेङ्गुसम्बन्धी जनचेतनाका लागि मात्र झन्डै दुई करोड रुपियाँ बजेट स्थानीय तहलाई उपलब्ध गराएको जानकारी दिँदै उहाँले स्थानीय निकायमा अनुगमन गर्ने जिम्मा महाशाखासँग नभएको बताउनुभयो । विश्वका अमेरिका, भारतजस्ता अन्य देशमा समेत रोग नियन्त्रण गर्न ‘सेन्टर फर डिजिज कन्टोल’ हुने गरेको भन्दै नेपालमा पनि केन्द्रीकृत रूपमा रोग नियन्त्रण महाशाखा आवश्यक रहेको बताउनुभयो ।
वरिष्ठ जनस्वास्थ्यविद् प्राडा शरद वन्तले स्वास्थ्य क्षेत्रमा सङ्घीयता लागू छिटै भएकाले समस्या आएको बताउनुभयो । निजी अस्पतालले फोन गरेरै तपाईंलाई डेङ्गु भएछ, भर्ना हुन आउनुस् भनेर बोलाएर विभिन्न शीर्षकमा ठग्ने गरेको उहाँले बताउनुभयो । जब कि डेङ्गु लाग्दा अस्पताल भर्ना गर्नुपर्ने अवस्था नहुँदानहँुदै पनि बोलाई बोलाई भर्ना गर्नु कमाउने प्रवृत्ति मात्र भएको उहाँको भनाइ छ ।