नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश
फिक्कल । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नु भएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको छ ।
उहाँलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले उहाँलाई रु एक लाख ५५ हजार धरौटी माग गरेको थियो ।
राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो ।