What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि रातको विद्युत् सस्तो
What To Know
- काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रातिको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत् उपलब्ध गराउने भएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने र सार्वजनिक यातायातामा पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्य राखेकामा त्यसलाई पूरा गर्न रातिको समयमा सस्तो दरमा विद्युत् उपलब्ध गराउने नीति लिएको हो ।.
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रातिको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत् उपलब्ध गराउने भएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने र सार्वजनिक यातायातामा पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्य राखेकामा त्यसलाई पूरा गर्न रातिको समयमा सस्तो दरमा विद्युत् उपलब्ध गराउने नीति लिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय सवारी साधनका लागि विद्युत् उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातको समयमा विद्युत्को माग असाध्यै कम हुने भएकाले सोही समयमा विद्युत्को खपत बढोस् भनेर सस्तो दरमा विद्युत् उपलब्ध गराइएको छ, हाल केही कम्पनीले मात्रै उक्त सेवा लिएका छन्, विस्तारै त्यो बढेर जाने विश्वास छ ।”
प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युतीय सवारी साधन चार्ज गर्दा नौ रुपैयाँ ५० पैसासम्म पर्ने र दिउँसो प्रतियुनिट सात रुपैयाँ ५० पैसासम्म पर्न जाने जनाएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकार र निजी क्षेत्रको सक्रियता बढेपछि प्राधिकरणले पनि त्यसलाई उपयुक्त विधिबाट विद्युत् उपलब्ध गराउन लागेको हो ।
पच्चीस प्रतिशत शेयर बिक्री गर्ने तयारी
प्राधिकरणले चुक्ता पूँजीको २५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “चुक्तापूँजीको २५ प्रतिशत शेयर बिक्रीको तयारी गरिएको छ, तर त्यसका लागि प्राधिकरणको घाटा पूर्णरुपमा नाफामा परिणत हुनुपर्नेछ ।” प्राधिकरणले त्यसका लागि वित्तीय पुनःसंरचनाको पनि काम गरिसकेको छ ।