नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

यी हुन् सर्वाधिक गाँजा उडाउने दुनियाँका १० ‘गँजडी’ शहर
एजेन्सी । दुनिया भरमा उपलब्धी र प्रसिद्धिको तमाम कीर्तिमान् स्थापित गर्न विभिन्न देशहरुबीच होडबाजी दिनानुदिन बढिरहेको छ । तर कतिपय रेकर्ड भने नचाहेर पनि रहन्छ । नचाहेका सूचीमा पनि नाम सूचीकृत हुन्छ । सर्वाधिक कुलतको सूचीमा सूचीकृत हुन सायद कोही चाहान्न होला तर हालै गरिएको एक अध्ययनले गाँजाको कुलतमा फसेका प्रमूख दश शहरको सूची सार्वजनिक गरेको छ । तीब्र रुपमा कुलतको दलदलमा फसिरहेको भारतको दुई ठूला शहर पनि गाँजा सबैभन्दा बढी खपत गर्ने सूचीाम सूचिकृत भएको छ ।
भारतका यी दुई शहर सबैभन्दा बढी गाँजा खपत मात्र होइन सबैभन्दा सस्तो मूल्यमा गाँजा बेच्ने शहरको सूचीमा समेत परेको छ । जर्मनीको मार्केट रिसर्च संस्था ABCD ले गरेको अध्ययनको तथ्याङ्कको आधारमा यो सूची तयार गरिएको हो । एबीसीडीद्वारा गरिएको यस बैश्विक सर्वेमा दुनियाका 120 शहर सामेल गरिएको छ ।
एबीसीडीद्वारा जारी कैनाबिस प्राइस इंडेक्समा बताइएको छ कि कहाँ गाँजाको सर्वाधिक बढी र कम खपत हुन्छ ? यसका साथै कुन देशमा गाँजाको मूल्य कति छ भनेर समेत उल्लेख गरिएको छ ।
दुनियाका सर्वाधिक गाँजा खपत गर्ने १० शहरहरुमा भारत बाहेक अमेरिका, ब्रिटेन र रुसका ठूला सहर पनि सामे छन् । प्रतिबन्धित गाँजा खेती र तस्करी उच्च रहे पनि नेपाल भने उक्त सूचीमा परेको छैन ।
हेर्नुस् कुन देशमा कति खपत हुन्छ ? सूची
संख्या शहर सालाना खपत (मीट्रिक टन)
1. न्यूयाेर्क, अमेरिका 77.44
2. कराची, पाकिस्तान 41.95
3. नयाँ दिल्ली, भारत 38.26
4. लस एन्जेल्स, अमेरिका 36.06
5. काहिरा, मिस्र 32.59
6. मुंबई, भारत 32.38
7. लण्डन, ब्रिटेन 31.4
8. शिकागो, अमेरिका 24.54
9. मस्को, रूस 22.87
10. टोरंटो, क्यानडा 22.75
गाँजाकाे सबैभन्दा कम खपत गर्ने शहर
संख्या शहर सालाना खपत (मीट्रिक टन)
1. सिंगापुर, सिंगापुर 0.02
2. सैंटो डोमिंगो, डोमिनिकन रिपब्लिक 0.16
3. क्योटो, जापान 0.24
4. थेसालोनिकी, ग्रीस 0.29
5. लक्समबर्ग शहर, लक्समबर्ग 0.32
6. पनामा शहर, पनामा 0.37
7. रेकजाविक, आईसलैंड 0.44
8. असंसियन, परागुआ 0.46
9. कोलंबो, श्रीलंका 0.59
10. मनिला, फिलिपिंस 0.6