दशैँका लागि अग्रीम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने 

काठमाडौँ । दशैँका लागि अग्रीम टिकट बुकिङ असोज पहिलो साता देखि खुल्ने भएको छ । बिहीबार यातायात ब्यवसायी र विभागबीच भएको छलफलपछि असोज पाँचगतेदेखि टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन । दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैँतिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिनुभयो । त्यसपछि वैज्ञानिक भाडादर निर्धारण गरी लागू गरिने हमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *