हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बञ्जरेडाँडा बिवादमा संसदीय समितिको चासो
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साईटमा देखिएको समस्या बारे सम्बन्धीत मन्त्रालय र सरोकारवालहरुसंग छलफल गर्ने भएको छ ।
सिसडोलबासीले भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले त्यस क्षेत्रको समस्याबारे सम्बन्धीत मन्त्रालय तथा सरोकारवाल निकायसंग परामर्श गर्न लागेको हो । केही दिन अघि समितिको स्थलगत अनुगमनटोलीलाई स्थानीयले यसअघि भएको सम्झौता अनुसार पुर्वाधार निर्माण र क्षतिपुर्तिको व्यवस्था गरि भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएका थिए ।
समितिले सिसडोलबासी र बञ्चरेडाँडामा निर्माणधिन ल्याण्डफिल साईटको समस्या समाधानका लागि शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाण्डौ महानगरपालिका, सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो ।
समितिको विहिबारको बैठकमा समिति सदस्यहरुले जीपछिरिङ लामा, गणेश कुमार पहाडी, बिना कुमारी श्रेष्ठ, सञ्जय कुमार गौतम र महेन्द्र राय यादवले फोहर व्यवस्थापनको विषयलाई राजनीतिकरण नगरि सहमति अनुसारको पुर्वाधार निर्माण र क्षतिपुर्ति दिलाउने विषयमा भईरहेको ढिलाईबारे सम्बन्धीत निकायसंग छलफल गरि सम्बन्धीत निकायलाई आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेको थिए ।
समितिले अगामी अशोज १ गते बल्खु–दक्षिणकालि सडकखण्डको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ । खानेपानी मन्त्री अस्वस्थताका कारण समितिमा अनुपस्थित भएपछि विहिवारका लागि पुर्वनिर्धारित खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मथिको दफावार छलफल भने स्थगित भएको छ ।