दुईचार महिला बलात्कृत भए हुन्, भन्न पाईँदैन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताउनुभएको हो । स्वर्गीय विपि कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउदै आएको स्मरण गर्दे उहाँले विपिले देखाएको बाटोमा हिड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि साम्यवाद मनुश्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ । मनुश्य साध्य हो । मनुश्य साधन होइन । केही हुदैन विकास हुदैछ । दुईचारवटा मान्छे मरे मरुन । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाईदैन । प्रत्यक मनुश्य साध्य हो । त्यो विपिको मान्यता छ । ”

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भईरहेको भन्दै उहाँले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो “विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पीएचडीलाई, डाक्टरलाई , बुद्धिजीवीलाई, विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु ।”

विपीले सधै ‘चहराईरहेका घाउमा मल्हम लगाउन, गाउमा रहेको वेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन ’भन्दै आएको उल्लेख गर्दे उहाँले विकासका बारेमा विपीले देखाएको बैकल्पिक बाटो तर्फ सोच्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सांसद अनिल कुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा संञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उहाँले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पुर्व तयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांंसद रंगमति शाही ले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपुर्ति लगायत कुनै पनि क्षेत्रमा सरकार प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गर्नुभयो । साईकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेल संग कर असुली गर्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो “खाली हात जाने कि भरि हात जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ । जनताको माझ के सन्देश लिएर जाऊ ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ । टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ । जनता लाईनमा छन् जनताले टिकट पाएका छैनन भनेर जाम कि ? मेलम्चीको पानी बगर काठमाण्डौका खाल्डा खुल्डीमा पानी भरिएको छ । ती खाल्डामा पानी जहाज चलेका छन् भनेर न्देर लिएर जाम कि ?”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *