बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सरसफाइमा सुर्खेत शतप्रतिशत
सुर्खेत । खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले सुर्खेतको सरसफाइ शतप्रतिशत समेटेको जनाएको छ । क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको आव २०७४÷०७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाको सरसफाईको अवस्था शतप्रतिशत रहेको जानकारी दिएको हो ।
विसं २०७४ को तथ्याङ्कअनुसार ७२ हजार ८६३ घरधुरीका तीन लाख ५० हजार ८०४ जनसंख्या रहेको यस जिल्लामा सरसफाइको अवस्था सन्तोषजनक रहेको कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर आविद हुसैनले जानकारी दिनुभयो ।
“विद्यमान जनसंख्यामा खानेपानी ९० प्रतिशत पुगेको छ, अझै पनि ३३ हजार १८६ जनसंख्या खानेपानीको पहुँचमा छैन,” इञ्जिनियर हुसैनले भन्नुभयो । उहाँले रु नौ करोड ९५ लाख ५७ हजारमा निर्माणाधीन उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी आयोजनाको ७८ प्रतिशत प्रगति भएको बताउनुभयो । रु एक करोड ७५ लाखको खानेपानी गुणस्तर कार्यक्रमको ८६ वित्तीय र ९० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार हर्रे, मेहलकुना, पाम्का, न्वावलखोला, काप्रीचौर, नाड र गुमी गुणस्तर सुधार खानेपानी आयोजना सम्पन्न हुँदा नौ हजार २७२ स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । गुर्भाकोट नगरपालिकाको साना शहरी आयोजना भने अघि बढ्न सकेको छैन ।
सुपरीवेक्षण कार्यालयका अनुसार सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत भेरी पम्पिङको विस्तृत सर्वेक्षण भइसकेकाले रु तीन अर्बको लागतमा उक्त आयोजना निर्माण हुने पक्का भएको छ । हालसम्म खानेपानीका नौ वटा वहुवर्षीय आयोजना निर्माणको चरणमा रहेका छन् ।