बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गृहमन्त्रालयकाे पञ्जीकरण विभागले माग्यो २ हजार ना.सु र खरदार (विज्ञापनसहित)
काठमाडौँ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा पदपूर्तीका लागि करिब २ हजार कर्माचारी माग गरेको छ । सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशभरका ७ सय ५३ ओटै स्थानीय तहमा रहने सेवा इकाईमा आवस्यक एमआईएस अपरेटर र फिल्ड सहायक पदका लागि खुल्ला प्रतिस्पर्धा मार्फत करार नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) ९ सय ९४ जना माग भएको छ । यसका लागि १०+२ मा कम्प्युटर विषय लिइ पास गरेको वा प्रविणता प्रमाणपत्र तह पास गरी मान्यता प्राप्त संस्थाबाट ६ महिना कम्प्युटर सम्बन्धी तालिम लिएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।
फिल्ड सहयाक (राजपत्र अनङ्कित द्वितीय श्रेणी सरह) ९ सय ९५ जना माग भएको छ । यसका लागि एसएलसी वा सो सरह पास गरेका नेपालीले आबेदन दिन सक्नेछन् । दुबै पदका लागि विभागको वेवसाइट मार्फत अनलाइन फारम भर्न सकिने छ । https://donidcr.gov.np/ फारम भर्ने अन्तिम मिति भदौ ३१ गतेसम्म छ । अनलाइन फारम भर्न याे लिङ्कमा http://application.donidcr.gov.np/ क्लिक गर्नुस् ।
विस्तृतमा हेर्नुस विज्ञापन