बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नर्सिङ कियर गिभरमा जापान जाने कामदारका लागि परीक्षा मिति तोकियो
काठमाडौँ । नर्सिङ कियर गिभरमा जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण आगामी कार्तिकमा हुने भएको छ ।
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको हो । भाषा तथा सिप परीक्षाका लागि अक्टोबर कार्तिक १० देखि १२, कार्तिक ९ देखि १९ तथा कार्तिक २६ देखि २८ सम्म गरी तीन चरणमा मिति तोकिएको छ ।
पहिलो चरणमा एक हजार मात्रै आवेदन लिइने बताइएको छ । अनलाइनमार्फत लिइने आबेदनमा पहिलो पहिले आबेदन दिनेलाई नै प्राथमिकता दिइने बताइएको छ । आवेदन दिन काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गरेर टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउने बताइएको छ ।
बैदेशिक रोजगारीका लागि अन्य देशहरुमा बिभिन्न म्यान पावर कम्पनीहरुबाट पठाउने गरिए पनि जापानमा सरकारी संयन्त्रबाट मात्रै कामदार पठाइनेछ ।