नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

उपचार गर्दागर्दै सुत्केरीको मृत्यु
मार्तडी । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालीले बच्चा जन्माउन नसक्ने भएपछि चिकित्सकद्वय दुर्गा महर्जन र टिकाराम राईले भ्याकुम प्रयोग गर्दा सुत्केरीको पाठेघरबाट अत्यधिक रगत बगेपछि उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा रोहित गिरीले बताउनुभयो । दुई जना चिकित्सक उपचारमा खटिएको र बचाउने प्रयास गर्दा गर्दै रक्तश्राव बढी भएका कारण ज्यान गएको उहाँको भनाइ छ ।
लापरवाहीले ज्यान गयोः मृतकका आफन्त
चिकित्सकको लापरवाहीका कारण वसन्तीको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । उपचारमा बेवास्ता गरेका कारण ज्यान गएको वसन्तीका आफन्त प्रकाशबहादुर नेपालीको आरोप छ । “चिकित्सकलाई पटक पटक खबर गर्दा पनि चासो देखाएनन्”, उहाँले भन्नुभयो । उहाँका श्रीमान् रोजगारीका सिलसिलामा कुबेतमा हुनुहुन्छ । घरमा तीन वर्षीय छोरा छन् ।