राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले पहिलो पटक डाके पार्टी सचिवालय बैठक

काठमाडौैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक सचिवालयको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले अनुमति दिएपछि प्रचण्डले पार्टी एकताको बाँकी काम अगाडि बढाउन बैठक डाक्नुभएको हो ।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष दाहाललाई एकल अध्यक्षता गरी पार्टीको काम अघि बढाउन सहमति दिनुभएको थियो । त्यसलगत्तै अध्यक्ष दाहालले नेताहरूसँग अनौपचारिक छलफल सुरु गनुभएको छ ।
नेताहरुसँगको अनौपचारिक छलफलपछि सोमबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमै दाहालले बैठक बोलाउनुभएको छ ।

सोमबारको बैठकबाट दाहालले महानगरका अध्यक्ष र सचिवहरूको चयनसम्बन्धी एजेन्डामा छलफल र निर्णय गर्ने बुझिएको छ ।

यसअघि दाहालले आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेर समसामयिक विषयमा छलफल गर्नुभएको थियो । करिब दुई घण्टा भएको छलफलमा राष्ट्रपति भण्डारीले दुबै अध्यक्ष मिलेर अगाडि बढ्न सुझाब दिनुभएको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *