What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

ओलीकाे अनुपस्थितिमा नेकपा बैठककाे अध्यक्षता प्रचण्डले गर्ने
What To Know
- नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष हुनुहुन्छ । तर यसअघि बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आउनु भएकाे थियाे । आजकाे बैठकले ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।.
- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै हुनुहुन्छ । सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किनुभएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लाग्नुभएकाे हाे ।.
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको बैठक बाेलाउने अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाउनु भएकाे छ। बिहीबार बिहान बसेको नेकपा सचिवालय बैठकमा ओलीकाे अनुपस्थितिमा बैठककाे अध्यक्षता प्रचण्डले गर्ने सहमति भएको हो ।
नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष हुनुहुन्छ । तर यसअघि बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आउनु भएकाे थियाे । आजकाे बैठकले ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै हुनुहुन्छ । सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किनुभएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लाग्नुभएकाे हाे ।
चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयाे ।