नेपाल–भारत संयुक्त आयोगको पाँचाँ बैठक काठमाडौँमा शुरू

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार काठमाडौँमा सुरु भएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने बैठकमा नेपाल–भारत सम्बन्धलाई सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुग्नेगरी छलफल हुनेछ ।

दुई दिन चल्ने बैठकमा पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि प्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । तीन वर्षपछि हुन लागेको बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ ।

बैठकमा भारतका बाह्य मामिलामन्त्री एस जयशंकरले उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैठकको सहअध्यक्षतासमेत गरिरहनु भएको छ । निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला गरी शुरु गरिएको बैठकमा दुवै देशका परराष्ट्रमन्त्री, सचिवलगायतमा प्रतिनिधिहरु सहभागी छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *