नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

न्वारनको भोज खाँदा ३५ बिरामी
धादिङ । गजुरी गाउँपालिका–४ गैरीगाउँमा न्वारनको भोज खाँदा आज ३५ जना बिरामी परेका छन् । गाउँकै अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि नातेदार र छरछिमेक बिरामी परेको विजय चेपाङले टेलिफोनबाट राससलाई जानकारी दिनुभयो ।
भोज खाएपछि वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने तथा केही मानिस भने डर लागेको बताउने, रुने, कराउने गरिरहेको उहाँले जानकारी दिनुभयो ।
न्वारनको भोज खान करीब १०० जना जम्मा भएका थिए । शुरुमा पुरोहित शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने वीरसिं चेपाङले खाना खाएका थिए । खाना खाएपछि उनीहरुले सामान्य रिंगटा लागेको बताएका थिए ।
भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी राखिएको थियो । सुगनका रुपमा जाँड र रक्सीसमेत राखिएको वीरसिं चेपाङले बताउनुभयो ।
बिरामीलाई गाउँमै प्राथमिक उपचार गरिरहेको र आवश्यक परेमा अस्पताल लगिने तयारी भइरहेको वडाध्यक्ष सुरेन्द्र चेपाङले जानकारी दिनुुभयो । घटनास्थल पृथ्वी राजमार्गको आदमघाटबाट पाँच घण्टाको पैदल दूरीमा पर्छ ।