नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाली बजारमा सुनको मूल्य ईतिहासकै सबैभन्दा महँगाे
काठमाडौं । सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । आईतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुन चाँदी व्यवसायी संघले जनाएकाे छ । संघका अनुसार आइतबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो ।
तेजाबी सुन प्रतितोला मूल्य ६६ हजारमा काराेबार भइरहेकाे छ । चाँदिकाे मूल्य प्रतिताेला ७ सय ७५ रुपैयाँ कायम गरिएकाे छ । शुक्रबार चाँदि प्रतिताेला ७७० रुपैँयामा काराेबार भएकाे थियाे ।
शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।