लमजुङकाे नमुना घलेगाउँ ल्याण्डस्केप फाेटाे डायरी

दशरथ भण्डारी
लमजुङ । घले गाउँ लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने साबिकको उत्तरकन्या गाउँ विकास समितिमा रहेको छ । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ हाल क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो ।

नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात यस गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । घले गाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामीण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *