‘जमाना फेरियो साइँलो दाइ’ जमाना अनुसार कै तीज गीत ( भिडियाे )

काठमाडौँ । तीन जना लोक तथा दोहोरी गायिका चयन मगर, अनु गुरुङ्ग र मोनिका पुर्जा पुनको संयुक्त तीज गीत ‘जमाना फेरियो साइँलो दाइ’ सार्वजनिक भएको छ ।

हिन्दु नारीहरुको महान पर्व तीजको बदलिँदो परिबेशलाई यस गीत मार्फत दर्शाउन खोजिएको छ ।  गीतमा प्रयोग भएका शब्दले पनि अहिलेका नयाँ पुस्ताका युवतीहरुको चाहनालाई रचनात्मक रुपमा प्रस्तुत गरेको छ । खास गरी तीजका गीतहरुमा पहिले पहिले चेलीहरुले आफ्ना बेदना पोख्ने परम्परा रहेपनि बिगत केही वर्षयता भने चेलीका चाहनाहरु प्रस्तुत हुन थालेका छन् । भिडियोमा देखाइएको दृश्यले पनि गीतलाई अझ जीवन्त बनाएको छ ।

यस गीतको लय तथा शब्द सिर्जना चर्चित शब्द सर्जक खेम शेन्चुरीले गरेका हुन् भने एरेन्ज गायक प्रसाद खप्तरी मगरले गरेका छन् । अनु गुरुङ्ग चयन मगर र सन्जु थापा मगरले स्वर भरेका छन् । अनु गुरुङ्गको युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोमा चयन मगर, अनु गुरुङ्ग र मोनिका पुर्जा पुनले अभिनय गरेका छन् ।

हेर्नुस् भिडियो –

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *