सावधान ! यी ७ कारणले बनाउन सक्छ सुगरका बिरामी

काठमाडौँ । आजभोलिको यो ब्यस्त, भागडौड र आधुनिक जीनवशैलीका कारण धेरै मानिसहरु दिनानुदिन बिभिन्न प्रकारका रोगहरुको शिकार भइरहेका छन् । यस्तै अस्वस्थकर जीवनशैलीका कारण लाग्ने रोगहरु मध्येको एक हो डाइबिटिज अर्थात सुगर रोग । यो रोग कुनै वंशाणुगत गुण वा कसैबाट सर्ने होइन यो आफ्नै जीवनशैलीका कारण लाग्ने रोग हो । यहाँ हामीले बिभिन्न एजेन्सीहरुको सहयोगमा सुगर रोग लाग्न सक्ने केही प्रमूख कारणहरुका बारेमा चर्चा गरेका छौँ ।

१) गुलियो पेय पदार्थ
गुलियो पेय पदार्थमा क्यालोरी र सुगरको मात्रा बढी हुन्छ । त्यसैले सोडा अथवा बोतल बन्द पेय पदार्थहरुको सेवन कम गर्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसो गर्दा डाइबिटिज र मोटोपनबाट बच्न सकिन्छ ।

२ अबेर खाना खाने बानी
के तपाईँ अबेला खाना खाने गर्नुभएको छ । ब्यस्तता वा अन्य कुनै कारण देखाएर समयमा खाना खाने गर्नुभएको छैन भने पनि यो तपाईँको स्वास्थ्यको लागि खतरा हुन्छ । तपाईँले बुझ्नुपर्छ की समयमा खाना नखानु भनेको रोग निम्त्याउनु हो । खाना खाने समय नमिल्दा रगतमा सुगरको मात्रा प्रभाबित हुन्छ । जसले गर्दा डाइबिटिजको खतरा बढ्दछ ।

३ ) फाइबरको कमी
फाइबर कम भयो पनि डाइबिटिजको समस्या आउँछ । त्यसैले फाइबरयुक्त फलको सेवन गर्नु पर्छ । यसले तपाईँको पाचन क्षमतामा पनि फाइदा गर्छ । फाइबरयुक्त खाना कम खानाले पनि पाचनमा मात्र होइ डाइबिटिजको पनि खतर बढाउँछ ।

४) राती अबेर स्नेक्स खाना
इदि तपाईँलाई राती अबेर सम्म पनि निद्रा लाग्दैन र त्यस्तो बेला टाइमपासका नाममा बढी क्यालोरीयुक्त स्नेक्स खाना खाने बानी छ भने पनि यसले डाइबिटिजको खतरा बढाउँछ ।

५) तनाव
बढी तनाब लिनाले पनि डाइबिटिजको खतरा बढ्छ । कोर्टिसोल नामको स्ट्रेस हार्मोनका कारण पनि यस्तो तनाब हुनसक्छ । यसले तपाईँको ब्लड सुगरलेबल प्रभाबित गर्छ ।

६) कम या बढी सुत्नु
कम या बढी समय सुत्नाले पनि डाइबिटिज समस्या देखिन सक्ने बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

७) धूम्रपान
एक खोजबाट प्राप्त निष्कर्ष अनुसार धुम्रपान गर्ने मानिसहरुमा नगर्ने मानिसहरुमा भन्दा ४४ प्रतिशत बढी डाइबिटिज हुन सक्ने खतरा हुन्छ । जापानको नेशनल क्यान्सरका शोधकर्ताहरुका अनुसार दिनमा २० भन्दा बढी चुरोट सेवन गर्नेहरुमा यो खतरा ६१ प्रतिशतसम्म बढ्न सक्छ । जब की कम धुम्रपान गर्ने ब्यक्तिहरुमा यो खतरा जम्मा २९ प्रतिशत पाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *