बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रधानमन्त्री ओली स्वास्थ्य जाँच गराउन १८ गते सिंगापुर जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आउँदो साउन १८ गते सिंगापुर जानुहुने भएकाे छ।प्रधानमन्त्री ओलीको सिंगापुर जान लागेकाे पार्टी सचिवालयको बैठकमा साेमबार जानकारी गराइएकाे थियाे । यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालको मंगलबार दुबइ जाने कार्यतालिका रहेकाे बैठकमा सुनाइएकाे थियाे ।
प्रधानमन्त्रीको स्वास्थ्यमा ‘केही समस्या’ भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो। पछिल्लाे केही समययता प्रधानमन्त्री ओली तारम्तार बिरामी परिरहनु भएकाे छ । केही दिन अघि दाइनेपट्टीकाे बुद्धि बगरा समेत खसेकाे प्रम ओली आफैले राजधानीमा आयाेजित एक कार्यक्रममा सुनाउनु भएकाे थियाे ।