गायिका लाली बुढाथोकी र सञ्जु थापाको छमछमी नचाउँने तीज गीत ‘गोलकाँक्री गल्केको’

काठमाडौँ । लोक तथा दोहोरी गायिका लाली बुढाथोकी र सञ्जु थापा मगरको गोलकाँक्री गल्केको बोलको तीज गीत सार्वजनिक भएको छ । लोक संगीतको क्षेत्रमा फरक पहिचान बनाएका प्रसाद खप्तरी मगरको शब्द तथा संगीत रहेको गीतमा गायिकाद्वयको स्वर रहेको छ ।

अहिले बजारमा आएका गीतहरूमा तीजको मौलिक हराउँदै गइरहेका बेला यो गीतमा प्रयोग गरिएका शब्द र लयले तीजको भाबलाई समेट्ने प्रयास गरेको छ । गीतको कथावस्तु, मौलिकता र गायनशैलीले गीतको भाबलाई जीवन्त बनाएको छ । प्राय पछिल्लो समयक्रममा भड्किला र उत्ताउला गीतहरुले बजार लिइरहेका बेला छमछमी नाचौ नाचौँ लाग्ने गोलकाँक्री गल्केको गीतले स्रोता दर्शकलाई पनि फरक मनोरञ्जन दिन खोजेको छ ।

खासगरी सालैजो, सोरठी, मारुनी, चुट्का, कौरा लगायतका मौलिक एवं सांस्कृतिक गीत गाउने कलाकारको यो तीजको गीत पनि उत्तिकै मनपरादिने आशा लिएको कलाकार खप्तरीले बताए ।

बिहानी डिजिटल युट्युव च्यानल मार्फत सार्वजकि गरिएको गीतको भिडियोमा चर्चिच मोडल तथा नृत्यङ्गना रिना थापा, आरुषी मगर र नीर आले मगरले अभिनय गरेका छन् । उमेश गुरुङ्गले निर्देशन गरेको म्यूजिक भिडियोको छायाङ्कन मधुकर बस्नेत र सम्पादन सुजन शाहीले गरेका हुन् । क्वालिटी फिल्मसले तयार गरेको भिडियोको बजार ब्यवस्थापन भने बिहानी डिजिटल प्रालिले गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *