अज्ञात समूहद्वारा बडु चढ्ने सरकारी गाडिमा आगजनी

नवलपरासी । पूर्वी नवलपरासीमा अज्ञात समूहले  सरकारी नम्बर प्लेटको एउटा गाडीमा आगजनी गरेको छ । जिल्ला अदालतका श्रेष्तेदार शारदादत्त बडु चढ्दै आएको बा २ झ ३५०२ नम्बरको गाडिमा आग्जनी भएको हो ।

कावासोतीको एक घरमा भाडामा बस्दै आएका बडु चढ्ने गाडी पार्किङमा राखिएको अवस्थामै आगजनी गरिएको हो । आगजनीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ ।

आगजनी गर्ने समूहकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । नेत्रविक्रम चन्द विप्लब समूले आगजनी गरेकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीकाे दाबी छ ।

केही समय अघि विप्लब समूहले सरकारी  गाडी चल्न नदिन सार्वजनिक उर्दी गरेका कारण त्यै समूहले आगजनी गरेको हुनसक्ने प्रहरिकाे भनाइ छ । ३ साता अघि  कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया चढ्दै गरेको गाडीमा पनि आगजनी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *