नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाली कांग्रेसका बागी उम्मेदवार पार्टीबाट निष्कासित (नामावलीसहित)
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनका बागी उम्मेदवार, प्रस्तावक र समर्थक गरी २३ जनालाई पार्टीबाट निष्कासन गरेको छ । निष्कासित हुनेहरुमा सबैभन्दा बढी सोलुखुम्बुका २० जना छन् । रौतहटका दुई र दैलेखका एक जना रहेका छन् ।
कांग्रेसले दुई वर्षपछि तीन जिल्लाका स्थानीय तहका नेता–कार्यकर्ताहरुलाई मात्र कारबाही गरेको छ । तर प्रदेश र केन्द्रका वागी उम्मेदवार, निजका प्रस्तावक र समर्थकहरुलाई अझै कारबाही गरेको छैन ।
स्थानीय तह, प्रदेश र संघीय संसद निर्वाचनका बागी उम्मेदवार, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका तीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजक भिष्मराज आङदेम्बेले जानकारी दिनुभयाे ।
उनीहरुलाई कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भगरिएकाे बताइएकाे छ ।
बागी उम्मेदवारी र अन्तरघातको कारण तीनै तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकिएको कांग्रेसकाे निष्कर्ष छ ।