गुल्मीमा भीषण पहिराे आमा छोरासहित ९ जनाको मृत्यु, ४ बेपत्ता (अपडेट)

गुल्मी। अबिरल वर्षापछि गुल्मीकाे छुट्टाछुट्टै स्थानमा पहिराेले  घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना सम्पर्कविहीन भएका छन् । सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकैघरका आमा छोराको मृत्यु भएको छ भने सत्यवती–३ कै कसिङ्थलामा अन्य २ जनाको मृत्यु भएकाे गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिनुभयाे ।

गएराति गएकाे पहिराेमा परि सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार अहिलेसम्म ४ जना बेपत्ता छन्। मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडाकी ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामु रहेका छन् । त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्थानीयका अनुसार तीन घर पूर्णरुपमा पुरिएको छ । पहिराेका कारण १० घरपरिवारलाइ सुरक्षित स्थानमा सारिएकाे छ । अहिले पनि लेदो माटोसहित पहिरो खसिरहेकाे स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *