What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

धनगढीको एक होटलमा बम विस्फोट, पाँच जना घाइते, दुईकाे अवस्था गम्भीर
What To Know
- शहीद गेट नजिक निलम होटलमा करिब ७ बजेतिर शक्तिशाली विष्फोट भएको हो । विष्फोटमा परी लक्ष्मण सेरेला, बझाङका राम सिंह, होटल सञ्चालक केशवराज पाण्डेय, मोविन खान र जीतेन्द्र यादव घाइते भएका छन् । राम सिंह र लक्ष्मण सेरेलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । विष्फोटले राम सिंहको पछाडिको भाग पूर्ण रुपमा क्षतविक्षत भएको छ । घाइते सबैको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।.
- विष्फोट लगत्तै घटनास्थलमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । टिफिनको बट्टामा राखेकोे विष्फोटक पदार्थ विष्फोट भएको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । घटनास्थलबाट प्रहरीले चाइनिज पेस्तोल बरामद गरेको छ । राम सिंह वा लक्ष्मण सेरेलामध्ये एक जनाले झोलामा राखेर पिठ्युमा बम बोकेको हुन सक्ने प्रहरी अनुमान छ ।.
कैलाली । धनगढीको सहिद गेटनजिक रहेको निलम होटलमा बिहीबार साँझ विस्फोटन भएको छ । विस्फोटमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।
शहीद गेट नजिक निलम होटलमा करिब ७ बजेतिर शक्तिशाली विष्फोट भएको हो । विष्फोटमा परी लक्ष्मण सेरेला, बझाङका राम सिंह, होटल सञ्चालक केशवराज पाण्डेय, मोविन खान र जीतेन्द्र यादव घाइते भएका छन् । राम सिंह र लक्ष्मण सेरेलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । विष्फोटले राम सिंहको पछाडिको भाग पूर्ण रुपमा क्षतविक्षत भएको छ । घाइते सबैको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोट लगत्तै घटनास्थलमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । टिफिनको बट्टामा राखेकोे विष्फोटक पदार्थ विष्फोट भएको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । घटनास्थलबाट प्रहरीले चाइनिज पेस्तोल बरामद गरेको छ । राम सिंह वा लक्ष्मण सेरेलामध्ये एक जनाले झोलामा राखेर पिठ्युमा बम बोकेको हुन सक्ने प्रहरी अनुमान छ ।
‘ठ्याक्कै कसले बोकेको हो भन्ने खुलेको छैन’, बस्नेतले भन्नुभयो–‘तर, घटनाको प्रकृति अनुसार राम सिंह वा लक्ष्मण सेरेलामध्ये एकजनाले विष्फोटक पिठ्युमा बोकेको हुन सक्छ ।’ झोलामा राखेर बोकेको बम टेबुलमा गएर बस्ने बेला ‘प्रेसर’ परेर विष्फोट भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । बम बोक्ने व्यक्तिको बारेमा अहिलेसम्म विस्तृत खुल्न नसकेको प्रहरी भनाइ छ ।
बम विष्फोटले होटेलको सीसा फुटेको छ भने, टेबुल, कुर्सी टुटफुट भएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार विष्फोट हुँदा ठूलो आवाज आएको थियो भने, होटलको छानासमेत उडेको देखिएको थियो ।