बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, १७ हजार घरधुरी विस्थापित

काठमाडौँ । केही दिनअघिदेखि परेकाे वर्षापछिको आएकाे बाढीपहिरो र डुबानका कारण मंगलबार दिउँसाेसम्म ७८ जनाको मृत्यु भएको छ । त्यस्तै ३२ बेपत्ता र ४० जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण तीव्र पारिएको बताए ।

अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *