What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बाढी प्रभाबितलाई प्रदेश २ का मन्त्रीहरुले एक महिनाको तलब दिने
What To Know
- धनुषा । प्रदेश २ का मन्त्रीहरुले बाढी प्रभावित परिवारलाई एक महिनाको तलब दिने भएका छन् । मुख्यमन्त्री, ६ जना मन्त्री र ६ जना राज्यमन्त्रीहरुले एक महिनाको तलब वर्षा र बाढी पीडित परिवारलाई दिने निर्णय गरेका हुन् ।.
- मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय गर्दै मन्त्रीहरुको एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरेको छ।.
धनुषा । प्रदेश २ का मन्त्रीहरुले बाढी प्रभावित परिवारलाई एक महिनाको तलब दिने भएका छन् । मुख्यमन्त्री, ६ जना मन्त्री र ६ जना राज्यमन्त्रीहरुले एक महिनाको तलब वर्षा र बाढी पीडित परिवारलाई दिने निर्णय गरेका हुन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय गर्दै मन्त्रीहरुको एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरेको छ।
बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ। समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्ने छन्।
प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छ। प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ।