गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको अध्यक्षमा भट्टराई निर्वाचित

गुल्मी । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको अध्यक्षमा गान्धी प्रसाद भट्टराई चयन हुनुभएको छ । क्याम्वरओयल अष्ट्रेलियामा सोमबार सम्पन्न तेस्रो अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ सदस्यीय गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया चयन भएको हो । समितिको उपाध्यक्षमा कृष्णप्रसाद चालिसे, सचिवमा प्रकाश अर्याल, सह–सचिवमा बर्षा भण्डारी, कोषाध्यक्षमा राजन पोखरेल रहेका रहनुभएको छ ।

त्यस्तै समितिको अन्य सदस्यहरुमा रमेश अर्याल, रामहरी सापकोटा, दिनेश काफ्ले, माधव खरेल, रामचन्द्र पोखरेल र नविन भण्डारी रहनुभएको छ ।

साथै सोही अधिवेशनले सल्लाहकार समितिकोसमेत पूर्नगठन गरेको छ । सल्लाहकार समितिहरुमा भिमलाल सापकोटा, लालसिंह खत्री, जनकराज गौतम, मणिरत्न सापकोटा, लक्ष्मण सापकोटा, शिवलाल सापकोटा, सन्देश पन्थ नारायण चालिसे सदस्य हुनुहुन्छ ।

कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निबर्तमान अध्यक्ष मणिरत्न सापकोटा अध्यक्षता तथा एनआरएनए अष्टेलियाका अध्यक्ष केशव कंडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा महेन्द्र आदर्श माध्यमिक विद्यालय गुल्मीका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन भने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निबर्तमान सचिव गान्धी प्रसाद भट्राइले गर्नुभएको थियो ।

कार्यक्रममा नेपालका विभिन्न स्थानबाट अष्ट्रेलियामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । उक्क्त संस्थाले विगत केहि बर्षयता निरन्तर रुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *