बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बाढी पहिरोमा घाइते भएकाहरूको उपचारको सम्पूर्ण व्यबस्था सरकारले गर्ने
काठमाडौं । देशमा केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा धाइते भएकाहरूको उपचारको सम्पूर्ण व्यबस्था सरकारले मिलाउने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
साथै बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्कालका लागि आवश्यक रातह कार्यहरू तदारुक्ताका साथ गर्ने निर्णय पनि गरेको छ ।
बैठकले देशमा विभिन्न भागमा हाल सम्म ५१ जनाको मृत्यु भएको र ३१ बेपत्ता तथा २८ जना घाइते भएको उल्लेख गदै दुखद घटनामा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै बाढी पहिरोको घटना लगतै उद्धार, हेरविचार, राहत वितरण उचार सेवा लगायत समाचार सम्प्रेषण गर्ने सबैलाई सरकारका तर्फबाट हार्दिक धन्यवाद दिने निर्णय गरेको छ ।