बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई नेकपाको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको छ ।
आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा अविरल वर्षाका कारण मानवीय क्षति हुन नदिन पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसङ्गठनलाई उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशन दिनुभएको हो ।
वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखी भएको उल्लेख गर्दै उहाँहरुले पीडितको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको समेत जानकारी गराउनुभएको छ । उहाँहरुले बाढीबाट भएको दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा बाढीबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।