What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बाढी पहिराेकाे बितण्डा : ३० जनाको मृत्यु, १८ जना बेपत्ता, पूर्ण विवरणसहित (अपडेट)
What To Know
- काठमाडौँ । बिहिबार साँझदेखि परेकाे अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले दिएकाे पछिल्लाे जानकारी अनुसार बाढीपहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।.
- बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।.
काठमाडौँ । बिहिबार साँझदेखि परेकाे अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले दिएकाे पछिल्लाे जानकारी अनुसार बाढीपहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।
मृतकहरुको संख्या:
बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको हो ।
घाईतेहरुको संख्या:
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन् ।
बेपत्ताहरुको संख्या:
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य भइरहेको छ।
तस्बिर : प्रहरी प्रधान कार्यालय
अपडेट:
२०७६-३-२८, १४:४०
भर्खरै पश्चिम राप्ति नदीले बांकेको कुसुम जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ। आगामी ३ घन्टा पछी बहाब फत्तेपुर पुग्न सक्छ। राप्ति सोनारी गापाको फत्तेपुर देखि होलिया सम्मको राप्ति नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं। @NEOCOfficial @Hello_Sarkar pic.twitter.com/aYh1z5mObB— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 13, 2019