एसईई ग्रेडवृद्धि (पुरक) परीक्षा साउन २६ र २७ गते [ तालिकासहित ]

काठमाडौँ । एसईईको ग्रेडवृद्धि (पुरक) परीक्षा आगामी साउनको २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना प्रकाशित गरेर ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । गत चैतमा एसईई परीक्षामा नियमित समुहबाट सम्मिलित भई बढीमा दुई विषयमा सौद्धान्तिक तर्फ ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गर्ने परीक्षार्थी ग्रेडवृद्धिमा सहभागी हुन पाउनेछन् ।

बढीमा दुई विषयको परीक्षामा अनुपस्थित विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

सूचनाअनुसार साउन २६ गते एक विषयमा परीक्षा दिने विद्यार्थीहरुको सबै विषयको परीक्षा हुनेछ् । त्यस्तै सोही दिन दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरु आफूले दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षामा सहभागी हुन पाउनेछन् । २७ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुको दोस्रो कोड नम्बरको विषयको परीक्षा हुनेछ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले साउन १५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ । फाराम जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बुझाउन सकिनेछ । प्रत्येक विषयका लागि पुरक परीक्षा दिन ५ सय शुल्क तोकिएको छ । परीक्षा सम्बन्धित जिल्ला सदरमुकामहरुमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

हेर्नुहोस् तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *