नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

आइफा अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हट्याे
काठमाडौं । चाैतर्फी बिराेध भएपछि आईफा अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने भएकाे नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयाे।
सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । आईफा अवार्ड गर्नका लागि काठमाडौं महानगरपालिकाले लगभग ४४ करोड रुपैयाँ दिन लागेको सार्वजनिक भएसँगै यसको चौतर्फी विरोध सुरु भएको थियो ।