नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

तनहुँमा पास्नीकाे भोज खाँदा ४१ जना बिरामी
तनहुँ । तनहुँको भानु नगरपालिका–तीन खहरेमा भोज खाएकामध्ये ४१ जना बिरामी परेका छन् । स्थानीय धनराज श्रेष्ठको छोराको पास्नीमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् ।
भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायतका खानेकुरा खाएका थिए । भोजमा माछा खाएका जति बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिनुभयाे ।
बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयाे ।
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरिद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताउनुभयाे ।