नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पाँच दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेन, संक्रमण फैलने खतरा
काठमाडौं । काठमाडौं उपत्यकामा पाँच दिनदेखि फोहोर नउठ्दा अस्तव्यस्त बनेको छ । उपत्यकाको फोहोर फाल्ने गरिएको स्थान नुवाकोटस्थित सिसडोलका बासिन्दाले अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।
विभिन्न माग राख्दै त्यहाँका बासिन्दाले उपत्यकाबाट फोहोर लिएर गएका गाडी रोकेपछि पाँच दिनयता फोहोर व्यवस्थापन हुन सकेको छैन् । फोहोर थुप्रिएका कारण काठमाडौं उपत्यकामा दुर्गन्ध फैलिएको छ । प्रतिकूल मौसम तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा रहेको चिकित्सकको भनाइ छ ।
उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ । यस अवधिमा ५ हजार टनभन्दा बढी फोहोर जम्मा भइसकेको छ । उपत्यकावासी नाक थुनेर हिँड्न बाध्य छन् ।
सिसडोलवासी आफ्ना माग सम्बोधन नहुँदासम्म फोहोर फाल्न नदिने अडानमा छन् । सिसडोल फोहोरले भरिइसकेका कारण अस्तव्यस्त भएकाले अब फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्या समाधान गर्न स्थानीयको माग छ ।