What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ईपीएसको नतिजा सार्वजनिक, १२००९ जना उत्तीर्ण [ नतिजासहित ]
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषा परीक्षाकाे नतिजा सार्वजनिक भएकाे छ । परीक्षामा १२ हजार ९ जना उत्तीर्ण भएका छन् । गत जेठ २६ र २७ गते सम्पन्न परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा दिएको नेपाल इपीएस सेन्टरले जनाएको छ। ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए।
कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए। जसमा २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए।
कोरियामा विदेशी कामदार ल्याउने १६ देश मध्ये कामदार संख्याको आधारमा कम्बोडिया पछि नेपाल दोस्रो स्थानमा रहेका छ। सन् २००७ बाट नेपालमा इपीएस सुरु भएकाे हाे ।






