What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
युवतीलाई बाेक्सी उत्रेकाे भन्दै कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ
What To Know
- काठमाडौँ । युवतीलाई बाेक्सी उत्रेकाे भन्दै कुटपिट गर्ने ‘धर्ती माता’ विष्णु कुँवरलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । कुवँरले आफूलाई धर्ती माता बताउँदै भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । त्यसै विषयलाई लिएर प्रहरीमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।.
- बुटवल बस्ने कुवरले आफूलाई तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही समय अघि भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरेको थियो। उनलाई शुक्रबार बालाजु क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ । उनले प्रहरी कै अगाडि ती किशाेरीलाई निर्घात रूपमा कुटपिट गरेकी थिइन् ।.
काठमाडौँ । युवतीलाई बाेक्सी उत्रेकाे भन्दै कुटपिट गर्ने ‘धर्ती माता’ विष्णु कुँवरलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । कुवँरले आफूलाई धर्ती माता बताउँदै भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । त्यसै विषयलाई लिएर प्रहरीमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
बुटवल बस्ने कुवरले आफूलाई तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही समय अघि भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरेको थियो। उनलाई शुक्रबार बालाजु क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ । उनले प्रहरी कै अगाडि ती किशाेरीलाई निर्घात रूपमा कुटपिट गरेकी थिइन् ।
गत वर्ष मंसिर ११ मा उनले बुटवल ११ का विष्णु थापा र उनकी आमा झविमाया शिरिषमाथि धारिलो हतियार प्रयोग गरेकी थिइन्। उक्त घटना प्रहरी कहाँ पुगे पनि माताको दाबावमा पीडितहरुलेउजुरी फिर्ता लिएका थिए।






