What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
संसदमा गगन थापाकाे आक्रोश ‘सरकारका अरिङ्गाल बाहेक देशमा काेही सुरक्षित छैन’
What To Know
- काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नागरिकका अधिकार कुण्ठित हुने गरी कानून बनाउन लागेको आरोप लगाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद गगन थापाले सरकारले सूचना प्रविधि र गुठी लगायतका विधेयकले नागरिकको अधिकारलाई समाप्त पार्ने गरी अघि बढाएको बताउनुभयाे ।.
- सांसद थापाले भन्नुभयाे ‘सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली बेइज्जती गर्न पाउने, तर सरकारलाई मन नपरेको बेला गाली बेइज्जतीका नाममा जसको जहाँनेर, जतिखेर मन लाग्यो मुख थुन्न पाउने गरी सरकारले कानून बनाउन लागेको छ ।’.
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नागरिकका अधिकार कुण्ठित हुने गरी कानून बनाउन लागेको आरोप लगाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद गगन थापाले सरकारले सूचना प्रविधि र गुठी लगायतका विधेयकले नागरिकको अधिकारलाई समाप्त पार्ने गरी अघि बढाएको बताउनुभयाे ।
सांसद थापाले भन्नुभयाे ‘सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली बेइज्जती गर्न पाउने, तर सरकारलाई मन नपरेको बेला गाली बेइज्जतीका नाममा जसको जहाँनेर, जतिखेर मन लाग्यो मुख थुन्न पाउने गरी सरकारले कानून बनाउन लागेको छ ।’
थापाले अभिव्यक्तिको स्वतन्त्रताको पक्षधरहरुलाई होसियार रहन आग्रहसमेत गर्नुभयाे । ‘चलचित्रकर्मीहरु साथीहरु होसियार, तपाईको कथा, सम्वाद, गीतमा कसैलाई जिस्क्याउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा अब सम्भवत तपाई बस्नुपर्ला, त्यो पनि केही दिनका लागि होइन, ५ वर्ष’ उहाँले भन्नुभयाे, ‘गुठियारहरु होसियार, गुठी भनेको सामन्तवादी प्रवन्ध हो भन्ने सरकारी मुखलाई खबरदारी बन्दै गर्दा धम्क्याइएको आरोपमा ५ वर्ष भित्र बस्नुपर्ला । प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा जिस्काइयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार ।’
https://youtu.be/BN_UJ2FeNIQ






