नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

१९ डीआईजीको सरुवा(सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो ।
शनिबार निकालिएको नायब महानिरीक्षक(डीआइजी) सरुवा अनुसार प्रदेश–१ मा ठाकुर ज्ञवाली, प्रदेश–२ मा प्रधुम्न कार्की, प्रदेश–३ मा शेरबहादुर बस्नेत, गन्डकीमा विनोद घिमिरे, प्रदेश–५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पुर्णचन्द्र जोशी र सुदरपश्चिम प्रदेशमा तारिणी लम्साललाई पठाईएको छ ।
यस्तै योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरीबहादुर पाल, अख्तियारमा कमल जिटि र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीलाई ल्याइएको छ ।