नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

मुसिकोटका कृषकहरुलाई गोलासहितको मौरीघार वितरण
कौरव खत्री
गुल्मी । मुसिकोट नगरपालिका वडा नं. २ का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरीघार वितरण गरिएको छ । वडाभित्रका २५ जना कृषकहरुका लागि ५० ओटा गोलासहितको मौरीघार वितरण गरिएको मुसिकोट नगरपालिका कृषि प्राविधिक राजकुमार भण्डारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५÷०७६को मुसिकोट नगरपालिकाको नगरस्तरीय कृषि कार्यक्रम अन्र्तगत गोलासहितको मौरीघार वडा नं. २ का अगुवा मौरीपालक कृषक कृष्ण बहादुर खत्रीलाई मुसिकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष लक्ष्मण खत्रीले गोलासहितको मौरीघार हस्तान्त्रण गर्नुभएको थियो ।
मुसिकोट नगरपालिका वडा नं. २ लाई मौरीपालनको लागि उपयुक्क्त स्थानका रुपमा लिने गरिन्छ । व्यवसायिक रुपमा मौरीपालन गरेर राम्रो आन्दानी गरी स्थानीयको आयस्तर सुधार गर्न सकिने मुनपा कृषि प्राविधिक भण्डारीले बताउनुभयो